Logo

मुकुल ढकालद्धारा ढाका कुमारविरुद्व मानहानि मुद्दा दर्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् ।

आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए ।

समानुपातिक सांसद बनाउन आफूबाट महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद आर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्