Logo

पशुपतिको जग्गा अपचलनबारे बोले मन्त्री किराँती



काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको पाँच सय चार रोपनी जग्गा हालसाविक गरिएको र हराएको ३१ रोपनी जग्गा छानविनका लागि सात सदस्यीय समिति बनाएको बताएका छन् ।

आज (आईतबार) काठकाडौंमा आयोजित राष्ट्रिय श्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले घुुस रकम अस्विकार गरेकै कारण सोही दिनदेखि मन्त्रीको कुर्सीमा घुन पुतली लाग्न थालेको बताए ।

अहिले विभिन्न मिडियामा केही मान्छेहरुले प्रचार गरिरहेको कुरामा कुनै सत्यता नरहेको र पशुपतिको जग्गाको विषयमा आफू जुनसुकै अदालतमा पनि शिर ठाडो पारेर बोल्न तयार रहेको उनले बताए ।

‘म आएपति सुने त्यो जग्गा सबै अतिक्रमित भइसक्यो, सबै मान्छे आएर बस्न थालिसक्यो । पाँच सय चार रोपनी पनि भोलि नरहने भयो भनेर निर्णय गरियो । दुई वटा निर्णय एक साथ गरिएको छ । पहिलो हो, त्यो पाँच सय चार रोपनी जग्गाको हालसाविक गरेर कारोबार गर्ने, हालसाविक गरेर हाम्रो नाममा (पशुपति क्षेत्र विकास कोषको नाममा) ल्याइहाल्ने र हराएको ३१ रोपनी चाहिँ सात सदस्यीय समिति बनाएर, मालपोत र नापी शाखासहितको प्रतिनिधि रहने गरी समिति बनाइयो,’– उनले भने ।

‘यसमा हामी कोही भ्रमित नहोउ । जुनसुकै अदालतमा म गर्वका साथ जवाफ दिनसक्छु । केही मान्छेहरु लागेका छन्, उसको घुस अस्विकार गर्दाखेरी लागेका छन्,’–उनले भने । मन्त्री भएको दिन एक जना ठूलै मान्छेको फोन आएको र हप्ता दिनसम्म पटक–पटक फोन आएपछि आफू टोलीसहित उनलाई भेट्न जाँदा तीन करोड घुसको अफर गरेको उनले खुलासा गरे ।

‘वायु सेवा निगमको जिएम फेरौं तपाईँलाई टोकन मनी एक करोड, गरेको सात दिनमा एक करोड र एक महिनामा अर्को एक करोड तीन करोडको अफर गर्नु भयो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्