Logo

नेतृ एलिजा गौतमको उद्घोष : अब बस्ती-बस्तीमा नागरिक उन्मुक्तिको विगुल फुकिनेछ



काठमाडौं, १४ जेठ । नागरिक उन्मुक्ति पार्टीकी प्रभावशाली नेतृ तथा महिला विभाग प्रमुख एलिजा गौतमले पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने कुराले आम कार्यकर्तामाँझ आशाको नयाँ किरण पलाएको बताएकी छिन् । उनले अब अधिकारबाट बञ्चितहरुले अधिकार पाउने पनि दाबी गरिन् ।

रेशम चौधरी गणतन्त्र दिवसकै दिन भोलि (सोमबार) कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) चौधरीको बाँकी सजाय माफीमिनाहा गरेका हुन् । सो निर्णय आएसँगै नेतृ गौतमले फेशबुकमार्फत अब बस्ती बस्तीमा नागरिक उन्मुक्तिको विगुल फुकिने दाबी गरेकी हुन् ।

उनले लेखेकी छिन्=

सम्पुर्णलाई नमस्कार !
जनताका प्रिय नेता, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई स्वागत छ । सरकारको यो निर्णयले आम कार्याकर्तामाझ आशाको नयाँ किरण पलाएको छ । राजनीति र समाजसेवा लाई अगाडि बढाउने सोचका साथ अघि बढेको यात्रा रोकिने छैन । अधिकारबाट बन्चितहरुले अधिकार पाउनेछन । राज्यबाट दमन भएकाहरुको दिन आउनेछ ।बस्ती बस्तीमा नागरिक उन्मुक्तिको बिगुल फुकिने छ । जय नागरिक



प्रतिक्रिया दिनुहोस्

Screenshot