Logo

निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित



काठमाडौं, जेठ १५ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो ।

निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन भएपछि आर्थिक वृद्धि खुम्चिने अनुमान गरिएको छ। साथै त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्यतथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ।

गतआर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो। ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत, ग्यास, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनभने १९ प्रतिशतले विस्तार हुने अनुमान छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान छ। आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्