Logo

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले रोपे बालुवाटारमा तरकारी



काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेर तरकारी खेतीको शुभारम्भ गरेका हुन्।

सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न नसकिने भएकाले यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्लेले डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीतामा तरकारी खेतीको शुभारम्भ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot