Logo

विश्वकप क्रिकेटको छनोट खेल्ने नेपाली टिमको घोषणा



काठमाडौं,१५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्रिकेट छनोटका लागि १६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुँदै छ ।

प्रतियोगिताका लागि १५ जना खेलाडी टोलीमा राख्न पाउने प्रावधान रहे पनि नेपालले १६ जना राखेको छ र एक खेलाडी जिम्बावेमा वैकल्पिक मात्र रहनेछन् । अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कप जित्दै एसिया कपका लागि छनोट भएको १४ सदस्यीय टोलीलाई यथावत् राखेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको घोषित नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो नेपाली टोलीमा समेटिएका छन् ।

अर्जुन साउद र किशोर महतो पहिलोपटक टिममा परेका खेलाडी हुन् ।

नेपालले दक्षिण अफ्रिकामा १० दिन बन्द प्रशिक्षण गरेपछि जिम्बावे जाने योजना छ । १० टोली सहभागी हुने छनोटबाट शीर्ष दुई टोलीले यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान पाउनेछन् । file photo



प्रतिक्रिया दिनुहोस्