Logo

गणतन्त्र दिवसः विशेष अतिथिले स्विकार गरेनन् बागमती सरकारको निमन्त्रणा



काठमाडौं, १५ जेठ । १६औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमको निमन्त्रणालाई प्रदेश सभामुख भुवन पाठकले अस्विकार गरेका छन् । बागमती सरकारले भव्य समारोहको बीचमा मनाएको १६औं गणतन्त्र दिवसको प्रमुख अतिथिमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री शालिकराम जमकट्टेलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रदेश सभामुख पाठकलाई निमन्त्रणा गरिएको थियो । प्रमुख अतिथि, सभा अध्यक्ष र विशेष अतिथिका लागि लस्करै तीन वटा कुर्ची राखिएपनि विशेष अतिथिले निमन्त्रणा स्विकार नगर्दा उनको लागि राखिएको कुर्सी खाली नै रह्यो ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद हुन् । सभामुखमा निर्वाचित भएपछि उनले दलको सदस्यता परित्याग गरिसकेका छन् । राप्रपाले गणतन्त्र विरोधीको पहिचान बोकेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रविन्द्र मिश्रले आउँदो वर्ष गणतन्त्र दिवस नआओस् भनि गणतन्त्र दिवसको शुभकामनासमेत दिएका छन् ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्