Logo

विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु दर्शना



काठमाडौं,१५ जेठ । विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गर्दा दर्शनालाई संगठन विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

संगठन विभागमा नियुक्त भएकी दर्शना पार्टीकी महासचिवसमेत हुन् ।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उममेद्वारी दिएर चर्चामा आएकी उनी लोकप्रिय मत हाँसिल गरेपनि पराजित भएकी थिइन् ।

महामनगरको मेयरमा पराजित रन्जु गत मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत काठमाडौंबाट उम्मेद्वार रहेकी थिइन् तर जमानतसमेत जोगाउन नसकी उनले लज्जास्पद हार व्यहोरेकी थिइन् । file photo



प्रतिक्रिया दिनुहोस्