
काठमाडौं,१५ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको अंक निर्धारण गर्दै बजेट स्वीकृत गर्नेछ ।
आजै दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुबै सदन(प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशसरण महतले बजेट घोषणा गर्ने कार्यसूची संघीय संसद सचिवालयल प्रकाशित गरेको छ । file photo