Logo

माओवादी छाडेका रायमाझीमाथि प्रचण्डले फायर खोलेः एमाले सांसद शाही (भिडियोसहित)



काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का नेता एवं सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी सचिव टोपबहादुर रायमाझीका विरुद्ध फायर खोलेको टिप्पणी गरेका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी छोडेपछि प्रचण्ड नेतृत्वको सरकारले टोपबहादुरविरुद्ध फायर खोलेको आरोप लगाएका हुन् । ‘उहाँहरुले टोपबहादुर रायमाझीले साथ छोड्यो भनेर टोपबहादुर रायमाझीका निम्ति फायर खोल्नुभयो,’– शाहीले भने ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी प्रहरी हिरासतमा छन् । रायमाझी नेकपा (माओवादी) केन्द्र परित्याग गरी एमालेमा गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि रायमाझी केहीदिन सम्पर्क विहीन बनेका थिए । उक्त समयमा उनलाई एमाले अध्यक्ष ओलीले संरक्षण गरिरहेकोसमेत आरोप लाग्ने गथ्र्यो ।

 



प्रतिक्रिया दिनुहोस्