Logo

गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी



काठमाडौं,१५ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प कदापी राजतन्त्र हुन नसक्ने स्प्रष्ट पारेका छन् ।

१६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले गणतन्त्रको व्यवस्थामाथि धावा बोल्नेलाई डाँडो कटाउने चेतावनीसमेत दिए ।

उनले भने, भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्रविहिन समाजवाद हुन् सक्छ। देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्। यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्।

केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी थिइन् । उनको सम्बोधनप्रति प्रदेशसभामा उपस्थित सबै दलका सांसदहरुले विरोध जनाउँदै रेकर्डबाट हटाउनसमेत माग गरेका थिए ।

तर सभामुख नन्दा गुरुङले आफ्नो ध्यानाकर्षण भएको बताएपनि उक्त शब्द रेकर्डबाट भने हटाइनन् ।

सभामुखको उक्त व्यवहारको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।

राप्रपा सांसद शाहीको अभिव्यक्ति र पूर्वराजा ज्ञानेन्द्रको बढ्दो सक्रियतालाई केन्द्रबिन्दुमा राखेर मुख्यमन्त्री शर्माले आजको अभिव्यक्ति दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्