Logo

नेविसंघ शंकरदेव क्याम्पस अध्यक्षमा खाँण



काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघ(नेविसंघ) शंकरदेव क्याम्पस एकाई अध्यक्षमा सन्देश खाँण मनोनीत भएका छन्।

नेविसंघ केन्द्रीय समितिले क्याम्पस एकाई अध्यक्षमा आइतबार खाँणलाई मनोनीत गरेको हो।

लामो समय रिक्त रहेको क्याम्पस एकाईलाई चलायमान बनाउने र ३ महिनाभित्र एकाई अधिवेशन गर्नेगरि खाँणलाई एकाई अध्यक्ष तोकिएको नेविसंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot