Logo

सांसद विकास कोषप्रति बालेनको टिप्पणीः ‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’



काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडा अध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन् ।

सरकारले बजेट विनियोजनमा सांसद विकास कोष व्यूताएपछि महानगरप्रमुख शाहले यस्तो टिप्पणी गरेका हुन् । सरकारले प्रत्येक प्रत्यक्ष निर्वाचित सांसदलाई एक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरी रकम विनियोजन गरेको थियो ।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ? माननीय ज्युहरु,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्