Logo

संसदीय सुनुवाइ समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न एमाले सांसद घर्तीको माग



काठमाडौं,१६ जेठ । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले संसदीय सुनुवाइ समितिको बैठक प्रत्यक्ष प्रशाराण गर्न माग गरेकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक जस्तै प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न आग्रह गरिन् ।

उनले भनिन्–‘जुनसुकै व्यक्तिको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गरिनुपर्छ । सिफारिस भएको व्यक्तिको पृष्ठभूमि के छ, उसले काम गर्न सक्छ कि सक्दैन, राज्यका उच्च स्थानमा जाने व्यक्ति चाहे प्रधानन्यायाधीश होउन् सबैको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्