Logo

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया



काठमाडौं, १६ जेठ । सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । संवैधानिक परिषद्ले सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

मंगलबार सिंहदरबारमा बसैको संसदीय सुनुवाई समितिको पहिलो बैठकले कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध कुनै उजुरी भए १० दिनभित्र उजुरीका लागि सार्वजनिक सूचना आह्वान गरेको छ ।

कामु प्रधानन्यायाधीशविरुद्ध लिखित रुपमा, पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने ईमेलमार्फत उजुरी दर्ता गराउन सकिने छ । सूचना गोरखापत्र र नेपाल टेलिभिजनबाट सार्वजनिक गरिने छ ।

 



प्रतिक्रिया दिनुहोस्