Logo

टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको घरमा पुगे रेशम र रञ्जिता



काठमाडौं, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीले टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् । १६औं गणतन्त्र दिवसमा आम माफी पाएका रेशमले कैलाली पुगेलगत्तै अढाई वर्षीय बालकका अभिभावकलाई भेटेका हुन् ।

उनीहरुले बालकका अभिभावकलाई भेटेर सत्य तथ्य बाहिर ल्यउनका लागि सहयोग गर्ने वचन व्यक्त गरेका छन् । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनि गरेको खण्डमा सत्यतथ्य बाहिर आउनेसमेत बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराएका छन्  । File Photo/Reporters Nepal 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्