Logo

टी–२० शृंखलाअन्तर्गत मलेसियामाथि नेपालको सहज जित



काठमाडौं,१६ जेठ । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले सहज जित हात पारेको छ ।

पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७।३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।

त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६, सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् ।

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।



प्रतिक्रिया दिनुहोस्