Logo

नक्कली शरणार्थी प्रकरण – थप तीन अभियुक्तको बयान सुरू



काठमाडौं,१६ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेर अदालतमा मुद्दा चलाइएका १७ जना अभियुक्तमध्ये आज थप तीन जनाको बयान सुरू भएको छ ।

काठमाडौ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा सुरू भएको बयानमा आज इन्द्रजित राई,सन्देश शर्मा र नरेन्द्र केसीको बयान सुरु भएको हो ।

बयानमा सहभागी राई तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सुरक्षा सल्लाहाकार हुन । त्यस्तै केसी पूर्व गृहमन्त्री बालकृष्ण खाँणका नीजि सचिव हुन भने सुन्देश शर्मा शरणार्थी प्रकरणका मुख्य अभियुक्त हुन् ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्