Logo

प्रधानमन्त्रीस्तरीय भेटवार्ताको एजेण्डा तय गर्न नेपाल–भारतका विज्ञ अधिकारी भेटवार्तामा



काठमाडौं, १६ जेठ । नयाँ दिल्लीस्थित् नेपाली दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिबाट सुरु हुने चार दिने भारत भ्रमणको तयारी तिव्र बनाएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले प्रधानमन्त्री दाहालको भ्रमण सफल र भव्य तुल्याउनको लागि सक्रिय भूमिका निर्वाह गरेका छन् ।

भारत ओर्लिएकै दिन भोलि (बुधबार) प्रधानमन्त्री दाहालको सम्मानमा नेपाली दूतावासले रात्रिभोजको आयोजना गरेको छ। सो भोजमा भारतका उच्च तहका अधिकारीहरु आउने दूतावास स्रोतको दाबी छ । प्रधानमन्त्री दाहाल भारत जानुअघि आज (मंगलबार) नेपालबाट सरकारी टोली भारत पुगेको छ।

सो टोलीले नेपाल–भारतबीच उर्जा, व्यापार र वाणिज्यलगायतका क्षेत्रमा कसरी सहकार्य अघि बढाउने भन्नेबारे एजेण्डा तय गर्ने बताईएको छ । दूतावास स्रोतकाअनुसार दुई देशका प्रधानमन्त्रीबीचको छलफलको एजेण्डा तय गर्न दुवै देशका विज्ञसम्मलित टोलीले आजै गृहकार्य गर्ने भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्