Logo

के तपाईं नेपालमा हवाई यात्रा गर्दै हुनुहुन्छ? सरकारले फेर्‍यो यी कागजात बोक्नुपर्ने नियम



काठमाडौं, १६ जेठ । सरकारले हवाई यात्रामा अनिवार्य कोरोनाविरूद्ध लगाएको खोप कार्ड बोक्न पर्ने नियम हटाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हवाई यात्रामा अनिवार्य गरेको कोरोनाविरूद्धको खोप कार्ड र कोरोना परीक्षण नेगेटीभ रिपोर्ट कार्डको नियम हटाएको हो।

मन्त्रालयले आइतबार नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र पठाउँदै उक्त नियम कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले यो नियम लागू गरेसँगै हवाई यात्रामा यसअगाडि अनिवार्य गरेको कोरोना क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट हटेको छ।

नेपालबाट विदेशयात्रामा जानेहरूको हकमा भने जानेदेशभले तोकेको नियम भने पालना गर्नुपर्ने हुन्छ।



प्रतिक्रिया दिनुहोस्