Logo

ग्रिन-टी पिउनु स्वास्थ्यका लागि फाइदैफाइदा



काठमाडौं, १६ जेठ । के तपाई ग्रिन-टी पिउनु हुन्छ ? ग्रिनटी पिउनुका फाइदाहरु धेरै रहेका छन् । यदि ग्रिन-टी पिउनुका फाइदा तपाईँलाई थाहा छैन भने हामीले जानकारीका लागि लिएर आएका छौ ।

ग्रिन-टी पिउनुका फाइदाहरु:

-ग्रिन-टीले फोक्सो, आन्द्रा भोजननली, मुख, पेट, मृगौला आदिको क्यान्सर हुनबाट बचाउँछ ।

-यसले हड्डीमा खनिजको मात्रा बढाउन मद्दत गर्छ ।

-ग्रिन-टीमा पाइने पोलिफेनल्स लगायतका तत्वले पाचन प्रक्रियालाई चुस्त राख्न मद्दत गर्दछ । जसले गर्दा तौल नियन्त्रण हुनुका साथै मोटोपनाको समस्या आउँदैन ।

-ग्रिन-टीमा पाइने क्याटेकिनले उच्च रक्तचाप, मधुमेहलाई लाभ पुर्याउँछ ।

-छालाको चाउरीपना हटाउनको लागि पनि लाभदायक ग्रिन-टी लाभ दायिक हुन्छ ।

-ग्रिन-टीको प्रयोगले दाँत किराले खाने समस्याबाट बच्न सघाउँछ ।

-ग्रिन-टीले शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

-दिनमा १–२ कपसम्म ग्रिनटी प्रयोग गर्नु उपयुक्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस्