Logo

दाँतको दुःखाईबाट हैरान हुनुहुन्छ ? यी विधि अपनाएर पाउनुहोस सधैंका लागि छुट्कारा



काठमाडौं । प्रायःजसो मानिसहरुमा दाँत दुख्ने समस्या धेरै नै हुन्छ । दाँतमा किरा लाग्ने, गिजा सुन्निने वा रगत आउनेजस्तो समस्या देखिन्छ । कतिपय मानिसहरुले औषधी सेवन गरेतापनि सञ्चो नहुने समस्या देखिएको हुन्छ । त्यसको उपचार हामी घरमै बसेर पनि गर्न सक्छौ । के–के रहेछ त घरेलु उपायहरु ? आज हामी तपाईंहरुलाई ती सजिलो उपायहरु बताउनेछौं ।

दाँतको दुखाई कम गर्ने उपायहरु :

१. दातको दुःखाई कम गर्न २–३ वटा ल्वाङ, तोरीको तेल र फिटकिरीको धुलो लिने र ल्वाङलाई पिसेर धुलो बनाउने, त्यसलाई दुखेको भागमा राख्ने र दाँतले च्याप्ने त्यसपछि ५ मिनेट राखेर पखाल्ने ।

२. सानो कचौरामा एक चम्चा तोरीको तेल, फिटकिरीको धुलो एक चम्चा लिने र त्यसलाई एकै ठाउँ मिसाउने । सानो कपासको टुक्रा लिने र त्यसमा डुबाएर दुःखेको भागमा लगाई केही समय छोडीदिने । त्यसकोे केही समयपछि सफा पानीले पखाल्ने ।

३. फिटकिरी र तेलको पेस्टलाई ब्रसको सहायताले सबै ठाँउमा लगाएर दुई घण्टा जति राखि सफा पानीले पखाल्ने ।

४. रातको समयमा तेल र नुन मिसाएको पेस्टलाई लगाएर सुत्ने र बिहान उठेर सफा गर्ने

५. मनतातो पानी र नुनको मिश्रण बनाई २०–३० मिनेट जति कुल्ला गर्ने

र, दाँत दुःखेको बेलामा लसुन चपाएर पनि यसको दुःखाई कम गर्न सकिन्छ ।

Image Source:  holisticsmilecare.com

 



प्रतिक्रिया दिनुहोस्