Logo

विदेश उड्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई सन्दीपले दिए शुभकामना



काठमाडौं, १६ जेठ । नाबालिगमाथि बलात्कारको मुद्धा खेपिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।

ग्लोबल क्वालिफायरका लागि विदेश उड्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सन्दीपले मङ्गलबार समाजिक सञ्जालमार्फत शुभकामना दिँदै खेलमा आफ्नो क्षमतामा देखाउन आग्रह गरेका छन्।

लामिछानेमाथि जिल्ला अदालत काठमाडौंमा परेको मुद्धाको सुनुवाई पटकपटक स्थगित् हुँदा उनी टोलीसँगै विदेश जान असमर्थ भएका हुन्।

नेपालले केही समयपछि जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्