Logo

भारतीय सेनाका पूर्व मेजर मेहताले गरे प्रचण्डको प्रशंसैप्रशंसा (भिडियोसहित)



काठमाडौं, १७ जेठ । भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले नेपालमा धर्म निरपेक्षता, संघीयता र लोकतान्त्रिक गणतन्त्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण सम्भव भएको बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको ऐतिहासिक परिवर्तनमा प्रचण्डको ठूलो योगदान रहेको बताएका हुन् ।

‘माओवादीले नेपालमा नयाँ संविधान, नेपाल आर्मी पोलिटिकल कन्ट्रोल, शाही शासनको अन्त्य, धर्म निरपेक्षता, संघीयता जस्ता ऐतिहासिक परिर्वतन ल्यायो । त्यो बेलामा प्रचण्डको बारेमा भारतमा धेरै उत्साह थियो,’– उनले भने ।

अहिले पनि प्रधानमन्त्री प्रचण्ड नेपाली राजनीतिको ‘किङ मेकर’ उनको दाबी छ । नेपालको संसदीय राजनीतिमा तेस्रो नम्बरको पार्टी भएर पनि प्रचण्ड बाहेक कसैले सरकार बनाउन नसकेको उनले बताए ।

‘उनको पार्टी तेस्रो नम्बरको पार्टी हो । तै पनि उ (प्रचण्ड) किङ मेकर हो । नेपालमा प्रचण्ड नभए कसैले सरकार बनाउन सक्दैन । यो कुरा भारतले चिनिसकेको छ । उनको भ्रमणले भारतमा उत्साह थपेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्