Logo

मधुमेह (सुगर) रोग लागेका व्यक्तिले कुन फलफूल खाँदा फाईदा गर्छ अनि कुन खाँदा बेफाईदा ?



सविता सिंह ठकुरी :काठमाडौं । सुगर भनेको रगतमा चिनीको मात्रा बढ्ने रोग हो । सुगर खराब जीवनशैलीको कारणले उत्पन्न हुने खतरनाक रोग हो । रगतमा निरन्तर चिनीको मात्रा बढ्दै गयो भने सुगर रोग लाग्ने संभावना बढि हुन्छ । यो रोगबाट बच्नको लागी आराम गर्ने, बेला–बेलामा स्वास्थ्य परीक्षण गर्ने, व्यायाम गर्ने, बिहानमा हिँड्नेजस्ता शारीरिक काम गर्नुपर्दछ ।फलफूलको नियमित प्रयोग हाम्रो शरीरको लागि धेरै फाइदाजनक हुन्छ ।

फलफुलमा भिटामिन, मिनरल र फाइबर पाईन्छ । जसले हाम्रो शरीरमा रहेको तत्वहरु कमी हुन दिँदैन । प्रायजसो सुगर लागेका व्यक्तिहरु फलफुल खान डराउँछन् । किनकी फलफुलमा गुलियो पदार्थको मात्रा बढि हुने भएकोले गर्दा हाम्रो शरीरलाई फाइदा गर्दैन भन्ने सोच बनाउँछन् । यदि तपाईहरुलाई पनि सुगर छ भने यी फलफुल खाँदा डराउनुपर्दैन्।

१. किवी – यसको ग्लाइसिमिक इन्डेक्स–५० र ग्लाइसिमिक लोड–७.७ रहेको छ । किवीले सुगरका बिरामीको स्वास्थ्यलाई कुनै असर नगर्ने हुनाले यसलाई खान सकिन्छ । सुगर भएका व्यक्तिले रातको समयमा खाँदा झन राम्रो मानिन्छ ।

२. मेवा – मेवामा ग्लाइसिमिक इन्डेक्स कम मात्रामा पाइने हुनाले यो सुगर बिरामीका लागि उपयूक्त हुन्छ । बिरामी भएका व्यक्तिले दिउँसोको समयमा खाएमा राम्रो हुन्छ ।

३. स्याउ – यसमा पोलिफिनोल्स एन्टीअक्सिडेन्ट पाइन्छ । यसको ग्लाइसिमिक इन्डेक्स–३६ र ग्लाइसिमिक लोड–६ हुन्छ । त्यसैले यसलाई आरामसँग खान सकिन्छ । स्याउ खाने उपयुक्त समय भनेको बिहानको समय हो ।

४. सुन्तला – यसमा फाइबर धेरै पाइन्छ र क्यालोरी कम पाइने हुनाले सुगर बिरामीलाई फाइदा गर्दछ । यदि तपाईंहरु सुन्तला खाने हो भने खाना खानुभन्दा अगाडी अथवा खाना खाइसकेको २÷३ घण्टापछि खानाले सुगरका बिरामीलाई फाइदा गर्दछ तर यस्ता रोगीले खाली पेटमा भने सुन्तला खानुहुँदैन ।

सुगर बिरामीले यी फल खाँदा ध्यान दिनुपर्ने कुराहरु

१. केरा – केरामा ग्लाइसिमिक इन्डेक्स–५१ पाइन्छ । केरा सुगर बिरामीले खान सकिन्छ तर थोरै मात्रामा मात्र । जति धेरै पाकेको हुन्छ, त्यति धेरै सुगर बढि हुने हुनाले सकेसम्म कम पाकेको केरा खाने गर्नुपर्दछ । सुगर बिरामीले एक पटकमा १–२ वटा कोसा मात्र केरा खानुपर्दछ र त्यो भन्दा बढि खानुहुँदैन।

२. आँप – आँपमा ग्लाइसिमिक इन्डेक्स–५१ पाइन्छ । सुगर भएका व्यक्तिहरुले आँप खानुहुदैन भनेर भनेका हुन्छन् तर, दिनमा एकपटक मात्र १०० ग्राम आँप खान सकिन्छ । त्योभन्दा धेरै आँप खान स्वास्थ्यको लागि उचित हुँदैन ।

३. अंगुर – यसमा ग्लाइसिमिक इन्डेक्स–५४ पाइन्छ । यसमा सुगर सबैभन्दा बढि पाइने हुँदा बिरामीलाई झन असर पार्ने हुनाले यो फल खानुहुँदैन ।

४. भुईंकटहर – यसमा ग्लाइसिमिक इन्डेक्स–५९ पाइने हुनाले सुगर बिरामीले यो फल खानुहुदैन । यो फल खाँदा तुरुन्तै असर गर्नेहुनाले यो फल खान उचित हुँदैन ।



प्रतिक्रिया दिनुहोस्