नागरिकता विद्येयक प्रमाणिकरणबारे बोले रवि लामिछाने– यो राष्ट्रहितविरूद्ध छ


काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा छलफल नै नगराई पूरानै विद्येयक (नागरिकता विद्येयक) सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु लोकतान्त्रिक संसदीय मूल्य र मान्ता अनि राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरेका छन् ।

आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेका थिए । त्यसको विरोधमा सभापति लामिछानेले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।