Logo

कोशी प्रदेशको नाम पुर्नविचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको माग



काठमाडौं,१७ जेठ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले तत्कालिन प्रदेश एकको नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरु आन्दोलित भइरहेका छन् ।

निरन्तर आन्दोलन र प्रदर्शन नरोकिएपछि कोशी प्रदेशअन्तर्गतका १४ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरुले प्रदेशको नाम पुर्नविचार गर्न माग गरेका छन् ।

आज एक सामुहिक विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिहरुले अहिले भइरहेको आन्दोलन रोक्न र भविष्यमा यस्ता किसिमका कुनैपनि गतिविधि हुन नदिन प्रदेशको नाम पुर्नविचार गर्न माग गरेका हुन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा भएको पहिचानवादीको आन्दोलनमा हालसम्म एक जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते भएका छन् ।
हिजोमात्र प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक रुपमा पत्रचार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्