Logo

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक : लोसपा



काठमाडौं, १७ जेठ । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको छ।

बुधबार अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको हो।

लोसपाले नागरिकता विधेयक प्रमाणीत भएसँगै नेपाली नागरिकको पीडामा मलमको काम गर्ने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै नागरिकता विधेयक प्रमाणीत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्