Logo

शरीरमा रगतको कमी भएको कसरी थाहा पाउने ?



सविता सिंह ठकुरी-

काठमाडौं । रगत एक प्रकारको तन्तु हो । जसले हाम्रो शरीरलाई एक–आपसमा जोडेर राखेको हुन्छ । रगतको मुख्य काम शरीरको न्युट्रेसन, भिटामिन र हर्मोन आदीको सञ्चार गर्नु हो । हाम्रो शरीरमा कम रगत आइरनको कमीले हुने गर्दछ । जसले गर्दा टाउको दुख्ने र कमजोरी अनुभव हुन्छ ।शरीरमा विभिन्न कारणले रगतको कमी हुन्छ । तीमध्ये रगत कम हुने लक्षणहरुको बारेमा आज हामी चर्चा गर्दैछौं ।

१. थकान– तपाईलाई बिनाकारण थकाइ लागेजस्तो हुने, अल्छीपन भएको महशुस गर्नुभएको छ भने तपार्इंको शरीरमा रगतको कमी हुनसक्छ । बिहान उठ्न मन नलाग्ने, काम गर्न अल्छि लाग्नेजस्ता लक्षण देखिन्छन् ।

२. मुटु पोल्ने वा दुःख्ने – हामीले मसालेदार खाना खाएर मुटु दुख्नु स्वभाविकै हो तर, साधारण र मसालेदार खाना नखाईकनै मुटु दुख्छ भने त्यो रगतको कमीले पोल्ने वा दुख्ने गर्दछ ।

३. निद्रा कम लाग्नु – पुरैदिन काम गरेतापनि समयमै निद्रा लाग्दैन भने त्यो रगतको कमीले गर्दा भएको हुन्छ । रातीमा बिच बिचमा निद्रा जाग्ने र शरीरलाई आराम नमिल्ने पनि रगतको कमीले हुने गर्दछ ।

४. नङ कमजोर भई टुट्ने – नङको वरिपरीको छाला निस्कने र नङ भाँचिनेजस्तो समस्या रगतको कमीले हुने गर्दछ । रगतको कमीले नङको राम्रोसँग विकास नहुने गर्दछ ।

५. आँखामुनी कालो दाग बस्नु –प्रायःजसो आँखामुनी कालो दाग रातभरी नसुत्नाले हुने गर्दछ तर, राम्रोसँग निद्रा पु¥याएरपनि कालो दाग बस्छ भने रगतको कमीले हुनसक्दछ ।

६. कपाल झर्नु– आजभोलि कपाल झर्नुलाई सामान्य मानेतापनि कपाललाई राम्रोसँग धोएपछि पनि झर्छ भने त्यो रगतको कमी भएर पनि हुनसक्छ । लगातार कपाल झर्नु हेमोग्लोविनको कमीले हुने पाइएको छ ।

७. आँखा पहेंलो हुनु – आँखामा पहेँलो प्रायजसो जन्डिसको कारणले हुने गर्दछ तर, डक्टरसँग चेक गर्दा जन्डिस भएको हुँदैन । जन्डिस नभईनै आँखा पहेँलो हुने पनि रगतको कमीले हुने गर्दछ ।

८. श्वाँसप्रश्वाँस बढ्नु – सानो/तिनो काम गर्दा, केही समय हिँड्दा श्वाँस बढ्छ भने रगतको कमीले गर्दा हुनसक्छ ।

९. कमजोरी महशुस गर्नु – कुनैबेला शरीर एकदमै कमजोर भएको महशुस हुने र शरीर दुख्नेजस्तो लक्षण रगतको कमी हुनाले देखिन्छ ।

१०. महिनावारी भएको बेला पेट दुख्ने – प्रायः महिलाहरुलाई महिनावारी भएको बेला पेट दुख्ने समस्या धेरै हुन्छ । महिनावारी भएको बेला बढी रगतको कमी हुने हुनाले पेट दुख्ने गर्दछ ।

Photo Source: TopDoctors.co.uk



प्रतिक्रिया दिनुहोस्