Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर? (सूचीसहित)



काठमाडौं, जेठ १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ २८ पैसा र बिक्री दर १६४ रूपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्