Logo

गुण्डा ग्याङले ‘…चोर, देश छोड्’ नारा लगाएः झलनाथ खनाल



काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले देश संकटमा परेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी निकट संगठन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले लिम्पिया धुरा र कालापानीमा विदेशीहरुले बुट बजारीरहेको बताए ।

साथै, आफू समावेश भएको कार्यक्रममा आक्रमणको प्रयास भएको उनले बताए । कार्यक्रममा केही मान्छेहरुले बोल्न मागेको र आफूविरुद्ध तथानाम बोलेको उनको आरोप छ ।

‘हिजो म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरु सहभागी थिए । केही मान्छेहरुले बोल्न मागे । बोल्न दिइयो । बोल्ने क्रममा तथानाम, यहाँ मैले भन्न पनि नहुने शब्द प्रयोग गरे । सबै पार्टीहरुका विरुद्ध, नेताहरुका विरुद्ध र विशेष गरी मेराविरुद्ध विभिन्न ढंगले आरोप लगाएर बोल्ने कुराहरु भए । यो बोल्न पाईदैन भन्दा उनीहरुको गुण्डा ग्याङ आएको रहेछ, त्यो गुण्डा ग्याङले नारा लगाउन थाल्यो । फलाना चोर, देश छोड्जस्ता नारा लगाइयो,’– उनले भने । Photo By: Mukunda Kalikote/ Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्