Logo

प्रचण्ड र मोदीद्धारा बथनाहा-विराटनगर कार्गो रेल उद्धघाटन



काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् ।

बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।

प्रचण्ड र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।

२०७६ सालमा निमार्ण सम्पन्न गरेर तयारी अवस्थामा राखिएको रेल सेवा प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा उद्धघाटन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्