Logo

मैले एक पैसा दुरुपयोग गरेको रहेछु भने हत्कडी लगाउनुस्ः झलनाथ खनाल



काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता पुष्टि गर्नसमेत चुनौति दिए । उनले आफूबाट एक पैसा दुरुपयोग भएको पाईएमा हत्कडी लगाउनसमेत आग्रह गरे ।

‘मेरो संलग्नता भेटियो र मेरो तर्फबाट एक लाल पैसामात्रै दुरुपयोग भएको रहेछ भने मलाई अहिल्यै हत्कडी लगाउँदा हुन्छ । म चुनौतिका साथ भन्छु, यी साईबर स्यालहरु, यो देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई म चुनौतिका साथ भन्न चाहन्छु, मेरो छानविन गर्नुहोस्,’– नेता खनालले भने ।

साथै, ढकाल थरका साइबर स्याल र केही ७ ८ जना केटाहरुले आफूविरुद्ध निरन्तर विरोध गरिरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्