Logo

यी हुन मेथी खाँदा हुने अद्भूत फाइदाहरू



मेथी प्रायः सबैको घरमा पाईन्छ । हामीले विभिन्न तरिकाबाट त्यसको उपयोग गरिरहेका हुन्छौं । मेथीले हाम्रो शरीरलाई धेरै किसिमका फाइदाहरु गर्दछ । आज हामी मेथीको प्रयोगले गर्ने फाइदा र यसको प्रयोगबारे बताउछौं।

मेथीको प्रयोगले हुने फाइदाहरु –

१. मेथीलाई हामी मधुमेह भएको बेला प्रयोग गर्न सक्छौं । मेथीको प्रयोगले मधुमेह भएका व्यक्तिको व्लड–प्रेसर छिटोछिटो कम गर्न सुरु गर्दछ । यदि तपाईलाई मधुमेह छैन भनेपनि यसले स्थीर राख्न मद्दत गर्दछ । मेथीले व्लड सुगर शरीरको भित्र कार्बोहाइड्रेट डाइजेसन गरी बिस्तारै घटाइदिन्छ र शरीरको भित्र इन्सुलिन फङ्सनको विकास गर्दछ ।

२. मेथीको दैनिक प्रयोगले शरीरको तौल घट्ने गर्दछ । बेला बेलामा भोक लाग्ने, धेरै खान मन लाग्ने, जसमा मोटोपन बढी हुन्छ उसलाई चिल्लोपन बढी खान मन लाग्ने जस्तो समस्यालाई मनैदेखी कम गर्ने गर्दछ र तौल घटाउनमा मद्दत गर्दछ ।

३. कोलेस्ट्रोल घटाउने काम गर्दछ ।

४. छालालाई नरम र चम्किलो बनाउँदछ ।

५. कपाल झर्नबाट बचाउँछ ।

६. ग्याँष्ट्रिक भएको व्यक्तिलाई पनि यसको प्रयोगले सहजता दिने गर्दछ ।

अब चर्चा गरौं मेथीको प्रयोग

१. एक चम्चा मेथी लिने, रातीको समयमा भिजाइदिने र बिहान उठेर त्यसको पानी र मेथी दुवै खाने ।

२. मेथीको दाना खाना खानु केहीबेर अघि र खाना खानेवित्तिकै खानाले व्लड सुगर लो हुन्छ ।

३. मेथीलाई खाली पेट नखाने र खाना खाएको २–३ घण्टापछि नखाने ।

४. यदि व्लडसुगरको औषधी प्रयोग गर्नुहुन्छ भने एकैचोटी मेथी र औषधीको प्रयोग सोचेर मात्र गनुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्