Logo

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने मोदीको घोषणा (भिडिओसहित)



काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने सहमति भएको खुलासा गरेका हुन् ।

यस्तै, प्रधानमन्त्री दाहालको भ्रमणको दौरान नेपाल र भारतबीच ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पनि निर्माण सम्झौता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।



प्रतिक्रिया दिनुहोस्