Logo

प्रधानमन्त्री प्रचण्डद्धारा मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं,१८ जेठ । छिमेकी देश भारतको चार दिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

दुई प्रधानमन्त्रीबीचको भेटका अवसरमा प्रधानमन्त्री दाहालले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

हैदरावादमा आज भएको दुई देशबीचका प्रतिनिधिहरुबीच केही महत्वपूर्ण विषयको सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

जसमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण र ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजना तथा कञ्चनपुरमा निर्माण हुने दोधारा चाँदनी सुख्खा बन्दरगाह भारतलाई बनाउन दिने लगायतका विषय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्