Logo

प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताप्रति एमाले महासचिवको टिप्पाणी : नेपालले आँखा चिम्लेरै सहमति जनायो



काठमाडौं,१८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका अवसरमा भएबका द्धिपक्षीय सम्झौताहरुमा नेपाली जनताको आकाक्षां सम्बोधन गर्न नसकेको टिप्पाणी गरेका छन् ।

प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन,  तल्लो अरुण र फुकोट कर्णाली भारतलाई बनाउन दिने लगायतका समझदारी भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको आरोप लगाएका छन् ।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता ! ’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्