Logo

सांसद् विकास कोष खारेज गर्न संकल्प प्रस्ताव दर्ता गर्ने रास्वपाको निर्णय



काठमाडौं,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद विकास कोष खारेज गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ ।

कार्यवाहक संसदीय दलका नेता बिराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको रास्वपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो दुई आर्थिक वर्षमा खारेजिमा परेको सांसद विकास कोष वर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले ब्यूँताएपछि तिब्र आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्