Logo

गगनको गनगन : जो दाईसँग लाग्छ दाईसँगै जाने



काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरण गर्नुपर्ने र रूपान्तरणका लागि सँगसँगै जानुपर्ने बताएका छन्।

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघले आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महान्त्री थापाले पार्टी रूपान्तरण गर्नुपर्ने र रूपान्तरणका लागि सँगसँगै जानुपर्ने बताएका हुन्।

उनले कांग्रेसलाई सुधार्ने हो भने कांग्रेसभित्र भएका सबै गुट भत्काउनुपर्ने बताएका छन्। उनले कांग्रेसमा जम्मा दुईवटा गुट भएको बनाउनुपर्ने बताउँदै एउटा गुट कांग्रेसमा परिवर्तन चाहने अर्को गुट परिवर्तन रोक्ने गुट बनाउनुपर्ने उल्लेख गरे।

उनले थपे, ‘यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्। हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब। हिजो एउटा अवस्था थियो। अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाईहरू रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट। जो दाईसँग लाग्छ दाईसँगै जाने। जो आउँछ त्यो सँगसँगै जाने। गर्दै जाने, काम गर्दै जाने। यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो। पार्टी बचाउने हो।’



प्रतिक्रिया दिनुहोस्