Logo

काठमाडौं मेडिकल कलेजले गर्‍यो ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरू



काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ।

अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए।

‘रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआईआई सेवा जरुरी छ। हामीले यो हाम्रा बिरामीका लागि यो सेवाका लागि बाहिर जानुस भन्न पर्ने थियो। अब भने सजिलो हुने भयो। आजबाट हामी कहाँ नै यो मेसिन जडान भई सेवा सञ्चालनमा आएको छ,’ प्राडा श्रेष्ठले भने।

केएमसीमा यसअघि नै सिटीस्क्यान मेसिन सञ्चालनमा आएको थियो। यस्तै मुटुको उपचारका लागि प्रयोग हुने वाईप्लेन क्याथ ल्याव सेवापनि सञ्चालनमा ल्याइसकेको छ। ‘हामीले छ महिना अघिदेखि नै सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएका हौँ। यस्तै मुटुको उपचारका लागि प्रयोग हुने बाइप्लेन क्याथ ल्याव पनि सञ्चालनमा ल्याएका छौँ। यसले बिरामीहरुलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाईरहनु पर्नेछैन। त्यसैले यो हामीसबैका राम्रो कुरा हो’ प्राडा श्रेष्ठले भने।



प्रतिक्रिया दिनुहोस्