Logo

गगनले गरे विद्रोहको संकेतः कांग्रेससँगको सम्बन्ध पातलो बनाउन आग्रह



काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुध्रने र परिवर्तन चाहने हो भने गुट भत्काएर नेताहरुसँगको सम्बन्ध पातलो बनाउन आवश्यक रहेको बताए ।

‘सबैले अब कांग्रेससँगको सम्बन्धलाई पातलो बनाउन पर्यो । कांग्रेसको नेतासँगको सम्बन्धलाई पातलो बनाउन पर्यो । हामीले पार्टी सुधार्ने हो भने गुट सबै भत्काउनु पर्छ,’– उनले भने ।
कांग्रेसमा अहिले परिवर्तन चाहने र यथास्थितिवादी गुट कायम रहेको उनको भनाई छ । ‘हिजो को दाईसँग को लागेको थियो’ सबै विर्सनसमेत उनले आग्रह गरे । पार्टी निर्माण र सुदृढीकरणका लागि दाईहरुसँगको भेटघाट पातलो बनाउन उनले आग्रह गरे ।

‘एउटा गुट भनेको परिवर्तन चाहने गुट, अर्को भनेको परिवर्तन रोक्ने गुट । यो दाई त्यो दाई सबै छोड्दिनुस् । हिजो को दाईसँग को लाग्यो सबै विर्सिनुस् अब,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्