Logo

अहिले घण्टी खोज्ने जनताले अर्को पटक भ्यागुता खोज्न सक्छन्ः झलनाथ खनाल



काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले अहिले जनताको मन विश्रृङ्खलित भएको टिप्पणी गरेका छन् । पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मन विश्रृङ्खलित भएकै कारण पाँच वर्षअघि दुई तिहाई पाए पनि अहिले आठ वटै संसद्मा बहुमत नआएको बताएका हुन् ।

‘नेपालका यिनै दुई करोड ९२ लाख जनता जसले पाँच वर्षअघि एउटा पार्टीलाई दुई तिहाई बहुमत दिएका थिए । पाँच वर्ष पुग्दा नपुग्दै नेपालको आठ वटै संसद्का कही पनि बहुमत छैन ।’ उनले भने, ‘जनतामा अहिले घण्टी खोज्ने मनोवृत्ति बढेको छ । अब अर्को भ्यागुता आयो भने भ्यागुता तिर लाग्ने हुनसक्छ । अर्को झ्याली पिट्दै आएपछि त्यही रमाईलो लाग्न सक्छ । मन विश्रृङ्खलित भएपछि यस्तो स्थिति आउँछ ।’



प्रतिक्रिया दिनुहोस्