Logo

भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन पदाधिकारी दोषी ठहर



काठमाडौं, १८ जेठ । भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणिसहित तीन पदाधिकारी दोषी ठहर भएका छन्।

बिहीबार विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको हो।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो।

उनीहरुको सजाय भने निर्धारण भएको छैन सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्