Logo

नागरिकता विधेयकको विरोधमा प्रदर्शन



काठमाडौं, १८ जेठ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरित भएको भन्दै विरोध प्रदर्शन गरेको हो।

रत्नराज्य क्याम्पस अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरूले विभिन्न प्लेकार्डसहित शव यात्रा निकालेका थिए।

तस्बिरहरू : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्