Logo

विद्युत व्यापारमा भारतसँग भएको समझदारी महत्वपूर्ण छ, अब लगानी भित्रिन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले यस्तो दाबी गरेका हुन् । उनले हिजो भएको विद्युत सम्झौता ब्रेक थु भएको दाबी गरे । सो क्रममा उनले आफूले हिजा (बिहीबार) मात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर तीनपटक वान टु वान कुराकानी गरेको स्मरण गराए ।

यस्तै, उनले मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको स्पष्ट पारेका छन् । नेपालमा विभिन्न दलका नेताहरु र मिडियाले यो भ्रमणको क्रममा इपिजीको प्रतिवेदनको विषयमा भारतीय समकक्षीसँग कुरा राख्न सुझाव दिएका थिए ।

उनले भने,”ईपीजीको विषय उठ्दै उठेन‚ उठाएर माहोल बिगार्नतिर पनि लागिएन । यो कुरा उठाएको भए माहोल बन्दैन थियो । फेरि यसैलाई उठाएर हुने कुरा पनि किन बिगार्ने भन्ने भयो, ईपीजीको विषय नेपालमा हामीले गम्भीरतापूर्वक लिएका हौं । मलाई के लाग्यो भने यही विषयमा विवाद गरेर सबै काम अड्काएर राख्नुभन्दा फुकाउने काम सबै फुकाउँदै गयो भने पछि वातावरण बनाएर यो ईपीजी पनि एउटा विन्दुमा गएर सम्बोधन हुन्छ ।”

तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय 



प्रतिक्रिया दिनुहोस्