Logo

सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,१९ जेठ । शुक्रबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार प्रतितोला ८०० ले बढ्दै छापावाला सुनको मूल्य तोलामा १ लाख १३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय कायम भएको थियो ।
आज तेजावी सुन आज प्रतितोला १ लाख १२ हजार ७ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा वृद्धि भएको दिन आज चाँदी प्रतितोला २५ रुपैँयाले महंगिएको छ ।
प्रतितोला २५ रुपैँयाले बढेको चाँदी आज १ हजार ४ सय ३५ रुपैँयामा कारोबार भइरहेको छ ।

नेपाली बजारमा प्रतितोला १ लाख १३ हजार तीन सय पुगेको यो पहिलोपटक हो ।



प्रतिक्रिया दिनुहोस्