Logo

रेशम चौधरी रिहाईदेखि भ्रष्टाचार मुद्दा छानबिनमा सांसद दिपेन्द्रको असन्तुष्टि



काठमाडौं । बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले रेशम चौधरी रिहाईदेखि भ्रष्टाचार मुद्दा छानबिनमा सांसद दिपेन्द्रको असन्तुष्टि जनाएका छन् । ज्यान मुद्दा लागेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनले असन्तुष्टि जनाएका छन् । सरकार जनभावना अनुसार चल्नुपर्नेमा त्यस्तो हुन नसकेको दिपेन्द्रको ठम्याई छ ।

रेशमलाई आममाफी दिने कुरामा आम जनताको विरोध देखिन्छ । जनभावनाविपरीत सरकारले राष्ट्रपतिद्वारा उनलाई आममाफी दिएको भन्दै सांसद दिपेन्द्रले असन्तुष्टि जनाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भ्रष्टाचार मुद्दामा छानबिन गर्न सरकार कठोर बन्नु पर्ने दिपेन्द्रको सुझाव छ । आम जनता भ्रष्टाचारको विरोधमा रहेकाले सरकारले अब भ्रष्टाचारका फायल खोल्न ढिला गर्न नहुने उनको तर्क छ ।

‘यती, ओम्नी, वाइडबडी, जलहरी जतिपनि भ्रष्टाचारका काण्ड छन् ती काण्डको फायल खोल्नु पर्छ । भ्रष्टाचारका मुद्दामा सरकारले सशक्त र निष्पक्ष छानबिन गर्नुपर्छ ।’, उनले भने । सांसदको नाममा दिइने पैसाको खर्च पारदर्शी रुपमा नभएकोले आम जनतामा नराम्रो म्यासेज गएको दिपेन्द्रको बुझाइ छ । यसमा समेत गम्भीर रुपमा बहस हुनुपर्ने उनको भनाइ छ ।

जनताका लागि राजनीति गर्नेले जनभावना अनुसार नचल्ने हो भने भविष्यमा ठूलो संकट आइपर्ने सांसद दिपेन्द्रको निष्कर्ष छ । राजनीतिक दल र नेता बेलैमा नसच्चिने हो भने सक्किने अवस्थामा पुग्ने उनको ठम्याई छ । सांसद दिपेन्द्र बागमती प्रदेशसभाको बैठकमा भ्रष्टाचार र अनियमितताका मुद्दामा कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्