Logo

अर्थमन्त्री शाहीले बजेटको पूर्वसन्ध्यामा पूर्व अर्थमन्त्रीहरूसँग गरे छलफल



काठमाडौं, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले प्रदेशका पूर्व अर्थमन्त्रीहरूसँग बजेट निर्माणका विषयमा छलफल गरेका छन्।

प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहेको बेला अर्थमन्त्री शाहीले पूर्व बजेट छलफलका लागि पूर्वअर्थमन्त्रीरूसँग सुझाव मागेका हुन्।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू झपट बोहोरा, प्रकाशबहादुर शाह, तारा लामा तामाङ र प्रकाश रावल सहगाभी रहेका थिए।

अर्थमन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफलसँगै विगतका बजेटको समिक्षा र सुझाव संकलन गरेका छन्।

यसैबीच, बिहीबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले बजेट वक्तव्य नआउँदासम्म मन्त्रालयका सम्बन्धित कर्मचारीहरूलाई योजनाको विषयमा अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका थिए।



प्रतिक्रिया दिनुहोस्