Logo

सुनकोशीमा जीप खस्दा सिटीइभीटीका सहसचिवसहित ३ जना बेपत्ता



काठमाडौं, १९ जेठ । सुनकोशी नदीमा जीप खस्दा ३ जना बेपत्ता भएका छन्।

शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ स्थित् सुनकोशी नदीमा खसेको हो।

स्कारपीयोमा सवार ४ जनाहरू मध्ये चालक कृष्णबहादुर चौधरी घाइते भएको र अन्य ३ जनाको अवस्था अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जीवी दाहालले रिपोर्टर्स नेपाललाई जानकारी दिए।

उनका अनुसार गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ।

स्कारपीयो मध्यपहाडी लोकमार्गभन्दा करिब १५० मिटर तल सुनकोशी नदीमा खसेकोहुँदा स्कारपीयोसहित ३ जनाको अवस्था हालसम्म अज्ञात रहेको डिएसपी दाहालले बताए।

घुम्तीमा मोड्न नसक्दा खसेको हुन सक्ने र प्रहरीलाई साढे ११ बजेमात्रै त्यसको जानकारी आएको उनले बताए।

चालक चौधरी घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्