Logo

यी हुन क्यान्सरका लक्षणहरु



सविता सिंह ठकुरी :

क्यान्सर एउटा खतरनाक र ज्यान लिने रोग हो । शरीरको कुनैपनि भागमा क्यान्सर भयो भने मानिसको मृत्युसमेत हुने गर्दछ । शारीरिक र मानसिक रुपमा असर पार्ने भएकोले यसको समयमै उपचार गराउनुपर्दछ । विश्व स्वास्थ्य संगठनको अनुसार क्यान्सर संसारभरको मृत्युको दोस्रो सबैभन्दा प्रमूख कारण हो । क्यान्सर विस्तारै संकेत दिँदै लाग्ने रोग हो । यसको लक्षण समयमै थाहा पाएर उपचार गर्नुपर्दछ ।

क्यान्सर हुँदा देखिने लक्षणहरु 

१. छाला परिवर्तन हुनु – क्यान्सर लाग्दा सबैभन्दा पहिले छालाको आकार बढ्ने, छाला चिलाउने, घमौरा हुने, कोठीको आकार बढ्ने, छाला नराम्रो हुँदै जाने, घाउ छिटो निको नहुनेजस्ता लक्षणहरु देखा पर्दछन् । यो स्थिति त्यतिबेला बन्छ, जब छाला अनियमित रुपले बढ्दै जान्छ । यस्तो अवस्था आएमा चिकित्सककहाँ जानुपर्दछ ।

२. शरीरमा गाँठो पर्नु – यदि शरीरमा फोकाजस्तो दरिलो गाँठो परेको देखा पर्नु, गाँठो नदुख्ने र छिटो निको नहुने समस्या देखिएको छ भने क्यान्सरको लक्षण हुनसक्छ । यस्तो गाँठो छातिको क्यान्सर र अण्डकोषमा हुने क्यान्सरको लक्षण मानिन्छ । यदि यस्तो गाँठो मुखमा देखिएको छ भने मुखको क्यान्सरको लक्षणपनि हुन सक्छ, त्यसैले यो देख्नासाथ परीक्षण गर्नुपर्दछ ।

३. छिटो छिटो तौल घट्नु वा थकाइ लाग्नु – यदि केही समयदेखि भोक नलाग्ने, तौल घट्ने भएको छ भने क्यान्सरको लक्षणमध्ये एउटा लक्षण हो । यदि तपाईले कसरत, तौल घटाउने उपाय, डाइटिङ गर्नेजस्तो काम नै नगरी तपाईंको तौल केही दिनमै ४ केजी भन्दा धेरै घटेको छ भने, पेट र फाक्सोको क्यान्सरको लक्षण हो । साथै विनाकारण थकाइ लाग्ने गरेको छ भने ब्लड–क्यान्सरको प्रारम्भिक लक्षण हुनसक्छ ।

४. मुखमा सेतो दाग देखिनु – मुखमा सेतो दागहरु देखिने र पटक पटक धुँदापनि  जाँदैन  भने यसलाई लियुकोप्लाकिया भनिन्छ । यसलाई पनि मुखको क्यान्सरको सुरुवाती लक्षण भनेर चिनिन्छ । मुखको क्यान्सर हुँदा आवाज परिवर्तन हुनु, मुखबाट रगत आउनु, खाना चपाउन र निल्न असहज हुने, जिब्रो चलाउँदा दुख्नेजस्तो समस्या देखिएमा सावधानी अपनाउनुपर्दछ ।

५. पिसाबमा रगत देखिनु – यदि एकदिनमा सामान्य बारम्बार शौचालय जाने गरिन्छ भने यो किड्नीको क्यान्सरको लक्षण हुनसक्छ । तपाईलाई महशुस हुनसक्छ की पिसाबमा रगत देखिएको छ भने यसको लक्षण हो । यो क्यान्सर धेरै खतरनाक हुने भएकोले यस्तो लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्दछ । यदि ढिला गरेमा यो क्यान्सर शरीरको सबै भागमा फैलिन सक्छ ।

६. लामो समयसम्म दुखाई कम नहुनु – टाउको दुख्ने, पेट दुख्ने वा खुट्टा दुख्ने समस्या सामान्य हो तर, शरीरको कुनैपनि भाग बारम्बार दुखिरहने, औषधीले कुनैपनि काम नगर्ने भएको छ भने सावधानी अपनाउनुहोस । किनकी यो क्यान्सरको सुरुवाती लक्षण हो ।

७. शरीर चिलाउने – यदि शरीरको कुनैपनि भागमा बारम्बारबार चिलाउँछ भने यो आम कुरा हो तर, त्यसको कारणले शरीरमा घमौरा हुने, दाग हुने, शरीर रातो हुने र शरीर चिलाइरहने समस्या छ भने यो छालाको क्यान्सरको कारणले हुन सक्छ । यस्तो भयो भने सावधानी अपनाउनुपर्छ र चिकित्कसँग भेट्नुपर्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्